थर्पुमा सुरु महायज्ञकाे पहिलो दिनमै बतास परिवारद्वारा एक लाख भन्दा बढी दान

थर्पुमा सुरु महायज्ञकाे पहिलो दिनमै बतास परिवारद्वारा एक लाख भन्दा बढी दान

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा आजदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञकाे पहिलो दिनमै बतास परिवारले एक लाख भन्दा बढी दान सहयोग गरेका छन् । महायज्ञकाे पहिलो दिनमा रामप्रसाद बतास तथा सेतीमाया बतास परिवारले एक लाख एक हजार एक सय १५ रूपयाँ दान दिएकाे म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।

दानदाता परिवारलाई बाजागाजा सहित सम्मान गरेर कार्यक्रम स्थलमा ल्याइएको थियो । महायज्ञमा मुख्य कथावाचकमा पण्डित दिपक प्रसाद पाैडेल रहेका छन् । पण्डित पाैडेल राष्ट्रपति रामचन्द्र पाैडेल तथा प्रधानमन्त्री केपी ओलीकाे धार्मिक सल्लाहकार रहेको बताइएको छ ।

थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page