भानु कपको उपाधि च्याङली स्पोटर्स गोरखालाई

भानु कपको उपाधि च्याङली स्पोटर्स गोरखालाई

तनहुँमा भएको भानु कपको उपाधि च्याङली स्पोटर्स गोरखाले हात पारेको छ ।

उपाधि सँगै च्याङली स्पोटर्स गोरखाले २ लाख ५० हजार नगद रुपैयाँ र ट्रफि समेत हात पारेको छ । च्याङली स्पोटर्सले लिभिक कन्ट्रक्सन शुक्लालाई १–० गोल अन्तरले पराजित गरेका थियो । उप विजेता शुक्लाले १ लाख २५ हजार रुपैयाँ नगद सहित ट्रफि हात पारेको थियो ।

विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी सांसद शंकर भण्डारीले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा सांसद भण्डारीले विजेता र उपविजेता टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।यस किसिमका प्रतियोगिताले खेल क्षेत्रको विकासमा विशेष टेवा पुग्ने सांसद भण्डारीको भनाई थियो ।
क्लवका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगर प्रमुख आनन्दराज त्रिपाठी ,उप प्रमुख उमा गोतामे र नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page