तनहुँका सरकारी कार्यालयहरुको बार्षिक समिक्षा दमाैलीमा सुरु
तनहुँ जिल्लामा रहेका सरकारी कार्यालयहरु तथा स्थानीय तहहरुकाे आर्थिक बर्ष २०८०÷०८१ मा सम्पादन गरेका सेवाहरुको बारेमा बार्षिक समिक्षा सुरु भएको छ । आइतबार र साेमबार दुई दिन हुने वार्षिक समिक्षा कार्यक्रमकाे पुर्वमन्त्री तथा प्रतिननिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व मन्त्री भण्डारीले सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्दा जनताको हितमा राखेर गनुपर्ने बताए । सिङ्गो देश,जनता र समाजलाई फाइदा हुने हिसावले काम गर्नुपर्ने भण्डारीकाे भनाइ थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य शुरेश आलेमगरले राष्ट्रसेवक कर्मचारीहरुले इमान्दारिता पुर्वक काम गनुपर्ने बताए ।
एउटा राष्ट्रसेवक कुलमान घिसिङले इमान्दारिता पुर्वक काम गर्दा घाटामा रहेको विद्युत प्राधिकरण नाफामा गएको बताउँदै नियत सफा राखेर काम गर्दा मुलुकलाई नै फाइदा हुने हुँदा राष्ट्र हितका लागि काम गर्नुपर्ने आलेकाे भनाइ छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर चुमान , राष्ट्रिय सभाका सदस्य पदम परियार,गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्व्ल पौडेल लगायतकाले बार्षिक समिक्षा कार्यक्रममका बारेमा आफ्नो धारण राखेका थिए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समन्वय अधिकारी प्रकाश पौडेलले गरेका थिए ।
सोमबार सम्म चल्ने कार्यक्रममा दमौली अस्पताल, मुग्लिन पोखरा सडक आयोजना पुर्व खण्ड र पश्चिम खण्ड,प्रधानामन्त्री कृषि आधुनिकिकरण परियोजना कर्यान्वयन इकाई गोरखा, संघीय आयोजना कार्यन्वयन इकाई पोखरा, बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुर, शिक्षा विकास तथा समन्वय इकाई तनहुँ, लगातयका कार्यालयहरुले बार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए ।
बाँकी कार्यालयहरुको प्रगती प्रतिवेदन माथि सोमबार छलफल हुने समन्वय अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।

























