नेपाल तमु ( गुरूङ ) बिद्यार्थी छाेंज धिं तनहुँकाे अध्यक्षमा मिलन
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा मिलन गुरूङ सर्वसम्मत चयन भएका छन् । गुरूङ बिद्यार्थीकाे ऎतिहासिक चौथो जिल्ला अधिवेशनबाट मिलन गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे ।

समितिकाे बरिस्ठ उपाध्यक्षमा रितेश तमु , महिला उपाध्यक्षमा सुष्मा तमुस्याे , उपाध्यक्षमा कमल तमु , सचिवमा सन्दीप तमु , सहसचिवमा अमर तमु र
काेशाध्यक्षमा सहारा तमुस्याे रहेका छन् । यस्तै समितिकाे सहकाेशाध्यक्षमा नवीन तमु तथा संगठन सचिवमा जिदान तमु , प्रचारप्रसार सचिवमा राेहण तमु र सांस्कृतिक संयाेजकमा मालती तमुस्याे लगायतका अन्य सदस्यहरू रहेका छन् ।
पवन तमूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष विश्वराज तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

























