थर्पुमा भएको महायज्ञमा झण्डै ४१ लाख दान संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दानबिरहरूकाे भिड बढ्दै गएको छ । महायज्ञकाे साताैं दिन भदौ १ गते सम्ममा ४० लाख ९७ हजार ५ सय ४२ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे साताैं दिन सनिवार मात्रै १० लाख ४२ हजार २ सय ७५ रूपयाँ दान सहयोग संकलन भएको छ ।

महायज्ञमा सनिबार सबैभन्दा धेरै बद्रीलाल मल्ल पाेखराबाट १ लाख १६ हजार ६६ रूपयां दान रकम सहयोग प्राप्त भएको छ । यस्तै थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समिति बाट ५५ हजार ५ सय ५५ , श्रीप्रसाद मल्ल म्याग्दे ४ बाट ५० हजार १ सय ५५ , रेनुका श्रेष्ठ म्याग्दे ४ बाट ५० हजार १ सय ५ , कृष्णराज पण्डित शुक्लागण्डकी मेयर बाट २५ हजार ६ सय ११ रूपया दान रकम सहयोग प्राप्त भएको छ ।
यस्तै म्याग्दे गाउँपालिका ४ का रूमराज अधिकारी बाट १० हजार ५५ , थर्पु गुरूङ समाजबाट ११ हजार ४ सय ८० , थर्पु नेवा माङ खल बाट ११ हजार १ सय ११ , भुमादेवी मल्ल म्याग्दे ४ बाट ११ हजार १५ , भुन नारायण श्रेष्ठ म्याग्दे ४ बाट १० हजार १ सय ५० , पुन नारायण मल्ल म्याग्दे ४ बाट १० हजार १ सय ११ , बालकृष्ण मल्ल म्याग्दे ४ हाल दमाैली बाट ११ हजार १ सय ५ , थर्पु नेवा खल म्याग्दे ४ बाट २५ हजार ५ सय ५५ , घनश्याम मल्ल म्याग्दे ४ बाट १० हजार ६ सय २० , खड्क नारायण श्रेष्ठ म्याग्दे ४ बाट १० हजार ५ सय ५५ रूपया दान सहयोग प्राप्त भएको छ ।

यस्तै नारायण बहादुर क्षेत्री म्याग्दे ४ बाट ३५ हजार ५ सय ५५ , शिव मल्ल एवम् मल्ल परिवार व्यास २ दमाैली बाट ३१ हजार ६ सय ६५ , सुमन श्रेष्ठ म्याग्दे ४ बाट १० हजार १ सय ५५ , शुक्लेश्वर मन्दिर पाेखराबाट १० हजार १ सय २० , सुकमाया श्रेष्ठ म्याग्दे ४ बाट ११ हजार १ सय ११ , राम श्रेष्ठ घुम्ती बाट १० हजार १ सय ५ , शिवकुमारी श्रेष्ठ म्याग्दे ४ बाट १३ हजार ७ सय ७५ , सुप्रिम बचत तथा ऋण सहकारी थर्पुबाट ११ हजार १ सय ११ , रेशम नेपाली म्याग्दे ४ बाट ११ हजार १ सय ११ , देउमाया मल्ल म्याग्दे ४ बाट २५ हजार ५ सय ५५ , चनमती कायस्थ ब्यास २ बाट ११ हजार १ सय ११ , म्याग्दे गापा वडा नं २ परिवारबाट १३ हजार १ सय ५ , बुद्धिमाया आले म्याग्दे ४ बाट १० हजार १ सय ५५ , म्याग्दे गापा स्वास्थ्यकर्मी समुहबाट १२ हजार ५ सय २५ , यमकुमारी हमाल म्याग्दे ७ बाट १० हजार ५ सय १० , श्यामकुमार श्रेष्ठ म्याग्दे ४ बाट ११ हजार १ सय ११ , सृजना आमा समूह म्याग्दे ३ बाट १० हजार १ सय ११ र डमर बहादुर अछामी म्याग्दे ४ बाट १५ हजार २ सय ५० रूपयाँ दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको हाे ।
श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
महायज्ञमा ५ हजार देखि माथि दान दिनेलाइ सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने आयाेजकले जनाएको छ ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइने मन्दिर संरक्षण समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।
सनिबारकाे महायज्ञमा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित , म्याग्दे ३ का वडाअध्यक्ष शिव बहादुर रानाभाट , ४ का अध्यक्ष दिपक श्रेष्ठ , कार्यपालिका सदस्य सीता कुमाल , बद्रीका भट्टराई ,जानकी थापा वडा सदस्यहरू रमेश क्षेत्री , महेन्द्र रानाभाट र कल्पना परियार लगायतको सहभागीता रहेको थियो । सुक्रवारकाे महायज्ञमा वडा अध्यक्ष रानाभाट प्रमुख अतिथि रहेका थिए ।
























