प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टनकाे फाइनल साेमबार

प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टनकाे फाइनल साेमबार


व्यास युवा क्लवकाे आयाेजनामा भदौ १ गतेदेखि सञ्चालन भएको व्यास ४ प्रथम वडा अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल तथा फाइनल खेल भदौ ३ गते साेमबार हुने भएको छ ।

बि लेबलमा २० टिम र डि लेबलमा २५ टिम सहभागी खेलमा साेमबार सेमिफाइनलका खेल सम्पन्न पश्चात् फाइनलकाे खेल हुने व्यास युवा क्लवले जनाएको छ । आइतबार भएको खेलमा आयोजक बिपिन घले र बिमल कुमालको जोडीले शुक्लागण्डकीका देव गुरुङ र हिमाल थापाको जोडी लाई सोझो सेटमा हराउदै सेमी फाइनल प्रवेस गरेको छ ।
यस्तै दमौलीका पोट ब सारु र बिस्वास बि क को जोडीले मिलिजुली व्याडमिन्टन क्लब पोखरा का सरोज गुरुङ र भिसन श्रेष्ठ को जोडीलाई सोझो सेटमा हराउदै सेमिफाइनल प्रबेस गर्न सफल भएको छ ।

यस्तै खैरेनीटार का सफल भुजेल र अस्बिन मगरकाे जोडीले जिल्ला प्रहरी कार्यलय तनहुँका लाल ब थापा र छत्र थापा को जोडीलाई ,चितवन ब्याडमिन्टन क्लबका सागर शर्मा र निशान गुरुङ काे जोडीले दमौलीका बुद्धी प्रधान र सागर थापाकाे जोडीलाई सोझो सेटमा हराउदै सेमी प्रबेस गर्न सफल भएको छ।

यस्तै प्रतियोगिताकाे डि लेभल अन्तर्गत आयोजक क्लबका राजु गुरुङ र बिक्रम दरै को जोडीले जिल्ला प्रहरी कार्यालय तनहुँका टोपेन्द्र सिंजाली र सुमन सेढाईका जोडीलाई तेस्रो सेटमा ,ऋषिङ १ झापुटारका अमर थापा र सबिर सारुका जोडीले आयोजक क्लबका कर्ण गुरुङ र सुरेश गुरुङ काे जोडीलाई सोझो सेटमा ,दमौलीका सर्जन थापा र समिर अधिकारी काे जोडीले ऋषिङ १ झापुटार का आयुष थापा र बिपिन आलेको जोडीलाई सोझो सेटमा , व्यास ५ चापाघाट का बिनोद श्रेष्ठ र राज कुमार मानन्धर काे जोडीले व्यास १ का राम कृष्ण क्षेत्री र सन्दीप श्रेष्ठ को जोडीलाई सोझो सेटमा हराउदै सेमिफाइनल प्रबेश गर्न सफल भएकाे आयाेजकले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page