थर्पुमा भएको महायज्ञमा साँढे ४८ लाख दान संकलन

थर्पुमा भएको महायज्ञमा साँढे ४८ लाख दान संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे आठाैं दिन भदौ २ गते सम्ममा ४८ लाख ६० हजार ८ सय ४८ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे आठाैँ दिन आइतवार मात्रै ७ लाख ६३ हजार ३ सय ६ रूपयाँ दान सहयोग संकलन भएको छ ।

महायज्ञमा आइतबार सबैभन्दा धेरै डबल सिंह राना/ अमृता राना म्याग्दे ४ बाट १ लाख १ हजार ५ सय ५५ , रतन थापा म्याग्दे ७ बाट ५० हजार ५ सय ५५ , चित्र बहादुर शाही एवम् शाही परिवार म्याग्दे ४ बाट ५० हजार १ सय ५५ , जमुना शाही एवम् शाही परिवार म्याग्दे ४ बाट ५० हजार १ सय ५१ , हेतमान कायस्थ म्याग्दे ४ बाट ३५ हजार ६ सय ६६ , लक्ष्मण मल्ल हाल अमेरिकाबाट २५ हजार ५ सय २५ रूपया दान रकम सहयोग संकलन भएको छ ।
यस्तै म्याग्दे गाउँपालिका ४ बाट रमेश मल्ल बाट १५ हजार , गाेविन्द घिमिरे ११ हजार १ सय २१ , इन्द्रबहादुर राना / अमृता राना ११ हजार १ सय ११ , राजेन्द्र वाग्ले बाट ११ हजार १ सय ११ , रनबहादुर राना / सीता राना बाट १० हजार १ सय १ , हाेमबहादुर केसी / मिरा थापा केसी पाेखरा १४ बाट १० हजार १ सय ५ रूपया दान सहयोग प्राप्त भएको छ ।

यस्तै आदर्श युवा क्लव म्याग्दे ६ बाट ११ हजार १ सय ११ , एकबहादुर कुमाल / कल्पना कुमाल म्याग्दे ४ बाट १० हजार ५ सय ५० , श्रीमाया राना म्याग्दे ४ बाट १० हजार २५ , रामचन्द्र श्रेष्ठ / श्यामकुमार श्रेष्ठ म्याग्दे ४ बाट ११ हजार १ सय ११ , श्यामलाल श्रेष्ठ / बसुन्धरा श्रेष्ठ म्याग्दे ४ बाट १० हजार १ सय ५१ , मनहरी पिपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति म्याग्दे ४ बाट ११ हजार १ सय ११ , म्याग्दे गापा वडा नं १ परिवार बाट १२ हजार , एकराज / मैना शाही म्याग्दे ६ बाट ११ हजार १ सय ११ , बिक्रम श्रेष्ठ पाेखराबाट ११ हजार १ सय ५५ , सुर्यकुमार श्रेष्ठ म्याग्दे ४ बाट १० हजार ५० , मिनसिंह ठकुरी / चिज कुमारी ठकुरी भिमाद ३ बाट १० हजार ६ सय ५ , आदर्श इङलिस स्कुल परिवार बाट १२ हजार ५ सय ५५ , म्याग्दे गापा कर्मचारी परिवार बाट १४ हजार ५ सय १५ , प्रतिभा वाग्ले म्याग्दे ३ बाट ११ हजार १ सय ११ , तिलमाया मल्ल म्याग्दे ४ बाट ११ हजार १ सय ११ , लक्ष्मी हार्डवयर थर्पुबाट ३० बाेरा सिमेन्ट , नरसिंह राना / देवीका राना म्याग्दे ४ बाट ५ हजार १ सय ५१ , ज्याेति कुमार श्रेष्ठ म्याग्दे ४ बाट ७ हजार ५० रूपयाँ दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।

थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको हाे ।

श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।

शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।

आइतबारकाे महायज्ञमा म्याग्दे १ का वडाअध्यक्ष एवम् गापा प्रवक्ता मणिभद्र वाग्ले , ४ का अध्यक्ष दिपक श्रेष्ठ , कार्यपालिका सदस्य थम माया विक लगायतको सहभागीता रहेको थियो । आइतवारकाे महायज्ञमा वडा अध्यक्ष वाग्ले प्रमुख अतिथि रहेका थिए । महायज्ञकाे साेमबार समापन हुने मन्दिर संरक्षण समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page