प्रदेशबाट स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको प्रक्रिया थाल्ने मन्त्री पौडेलकाे प्रतिवद्धता

प्रदेशबाट स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको प्रक्रिया थाल्ने मन्त्री पौडेलकाे प्रतिवद्धता


स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
अस्पतालको निरिक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए ।
‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु’,अस्पतालका लागि सघाउन अनुरोध गर्दै गएको तनहुँको टोलीसँग मंगलबार
मन्त्री पौडेलले भने, ‘प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।’ मन्त्री पौडेलले तनहुँको स्वास्थ्य क्षेत्रमा गर्न सकिने अरु कामका लागि पनि तयार रहने प्रतिबद्धता जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page