बुधबार देखि बन्द पृथ्वीराजमार्गकाे घाँसीकुवामा एकतर्फी यातायात सुचारु
पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्डकाे घाँसीकुवामा एकतर्फी यातायात सुचारु भएको छ ।

बुधबार साँझ व्यास –१२ घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । अवरुद्ध पृथ्वीराजमार्ग सुचारु गर्न आज बिहान ९ बजे देखि पहिरो हटाउने कार्य सुरु गरिएको थियो ।

पहिरो हटाउने कार्यमा नेपाली सेना , सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,पृथ्वीराजमार्ग सडक बिस्तार आयोजनाको जनशक्ति प्रयोग गरिएको थियो । एकतर्फी रुपमा राजमार्ग सुचारु भएपछि रोकिन पुगेका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।यसअघि मालवाहक सवारी साधन बाहेक अन्य सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गरिएको थियो । वैकल्पिक मार्गमा पनि समस्या हुँदा यात्रुहरू लाई निकै कष्ट भएको थियो ।
























