फ्रेन्डसीपकाे ” मन्दिप बचाउ अभियान” मा डेढ लाख संकलन

फ्रेन्डसीपकाे ” मन्दिप बचाउ अभियान” मा डेढ लाख संकलन


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं-१ गुणादी निवासी दिर्घ बहादुर आलेको नाति , कृष्ण आले तथा मन कुमारी आलेको एक्लो छोरा मन्दिप आलेलाई उपचार सहयोग गर्न थालिएको ” मन्दिप बचाउ अभियान ” मा डेढ लाख रूपयां सहयोग संकलन भएको छ ।
श्रावण २८ गते बेलुका करिब ९ बजेको समयमा पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे-१ बरचउरमा मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागि पोखरा गण्डकी मेडिकल कलेज ( GMC ) मा उपचारार्थ रहेका आलेलाइ बचाउन गुणादीमा रहेको फ्रेन्डसीप युवा क्लवले अभियान थालेको थियो । आलेलाइ टाउकोको अप्रेसन गरि ICU मा राखेको १० दिन भएको र घरको आर्थिक अवस्था कमजोर रहेकोले अभियान सुरु गरिएको फ्रेन्डसीप युवा क्लवका निवर्तमान अध्यक्ष दुर्गा राज मगरले बताए । १० दिन सम्म पनि बोल्न,चल्न नसक्ने भइ घाइते आले गम्भीर अवस्थामा रहेको तथा उपचारको क्रममा घरको आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएकोले थप उपचारको निम्ति अझ धेरै पैसा लाग्ने भएको हुँदा सहयोग अभियान थालिएको दुर्गाले जानकारी दिए ।

थोपाथोपा मिलेर सागर बनेझै १/१ पैसा को सहयोगले बिरामीलाई बचाउन सकिन्छ भने त्यो नै ठुलो धर्म हुनेछ भन्दै देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण संघ संस्था तथा जहाँबाट जे जति सक्नुहुन्छ त्यतिनै सम्बन्धित बिरामी को जीवन रक्षाको निम्ति सहयोग गरि दिनु हुन भनी गरेको अपिलमा बुधबार साँझसम्म डेढ लाख संकलन भएको क्लवका अर्का युवा महेन्द्र थापाले बताए ।

क्लवले सहयोग अभियान सुरु गर्दै घाइते आले फ्रेण्डसीप युवा क्लवकाे एक उत्कृष्ट गोलरक्षक भएको समेत बताएको छ । क्लबले असल कर्म नै मानवीय धर्म भएको भन्दै बिरामीको आमा मन कुमारी आलेकाे प्राइम बैंक दमाैलीमा रहेको खाता नं ११४००५५०१ y मा
सहयोगको निम्ति सम्पुर्ण शुभचिन्तक हरूमा अनुरोध गरेको छ । यस्तै सम्पर्क नम्बर
बिरामीको आमा : मन कुमारी आले(९८२६६५४८१४)
क्लव अध्यक्ष : तिलक थापा (९८०७२१४००९)
क्लव उपाध्यक्ष : केशु राना (९८१५१९९१९०)
क्लव सचिव : मिलन थापा (९८१६१४०००८)आदीमा थप बुझ्न सक्ने समेत बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page