” हस् ” नभन्दा तनहुँका समन्वय अधिकारी पाैडेलकाे साँढे ४ महिनामै सरूवा
तनहुँका जिल्ला समन्वय अधिकारी प्रकाश पाैडेलकाे साँढे ४ महिनामै सरूवा भएको छ । चैतमा तनहुँ आएका पाैडेल अन्य कर्मचारी भन्दा भिन्न र खराे स्वभावका थिए ।
पाैडेलले सुरु देखि नैं नियम कानुन बिपरितका कामलाइ जसरी पनि गर्न पर्छ भन्ने दबाब जहाँबाट आएपनि “हस” भन्थेनन् । त्यो कुरा राजनीतिक दललाई मन परेको थिएन ,,जसका कारण उनी तारगेटमा परे र साँढे ४ महिनामै रामेछाप सरूवामा परे ।
पाैडेलले तनहुँ आएपछि जिल्ला समन्वयको जग्गामा बनेको व्यक्तिको घरकाे बारेमा , शुक्लागण्डकिमा एक घाट सम्बन्धि अख्तियारमा परेको बिषय छानवीन गरेर प्रतिवेदन बुझाउने बिषयमा , बेरूजु दाखिला गर्ने बिषयमा , गणेशमानचाेककाे सार्वजनिक जग्गामा टेण्डर खाेल्ने बारेमा काम अगाडि बढाएका थिए । यी लगायतका बिषयले नैं उनको सरुवा गराइएको अनुमान गरिएको छ । स्थानीय तहका एक अधिकृतका अनुसार केही दिन अगाडि जिल्ला समन्वयको समिक्षा बैठकमा खट्पट हुनु पनि उनको सरूवाकाे बिषय हुन सक्छ ।
श्राेतका अनुसार मन्त्रालयकाे सहसचिवले फाेन गरेर पाैडेललाइ तपाईंलाई त्यहाँ राख्न सकिएन , उच्च पदस्थ व्यक्तिको दवाव आयाे भनिएको थियो ।
सरूवाका सम्बन्धमा समन्वय अधिकारी पाैडेललाइ सम्पर्क गर्दा के कारणले सरूवा गरियो आफुले पनि बुझ्न नसकेको प्रतिक्रिया दिए ।

























