म्याग्देमा १२ गते १८ हजार पुरस्कारको पालिका स्तरीय तिज गीत प्रतियोगिता हुने
महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा “म्याग्देको उद्देश्य, वालमैत्री घोषणा” शिर्षकमा म्याग्दे गाउँपालिका स्तरिय महिला समूहहरुको तिज गीत प्रतियोगिता हुने भएको छ ।

२०८१ भाद्र १२ गते बुधबारको दिन म्याग्दे गाउँपालिका वडा.न.३ स्थित म्याग्दे गाउँपालिकाको सभाहल बेलटार ठूलो बगैंचामा कार्यक्रम आयोजना गर्ने निर्णय भएको म्याग्दे गापा महिला शाखा प्रमुख शुकुमाया रानाले बताइन् ।

तिज गीत प्रतियोगितामा सहभागी समूहमा नृत्य कलाकार सहित बढीमा ५ देखी ७ जना सम्म सहभागी हुनुपर्ने, र यस प्रतियोगितामा सहभागीहरुले प्रस्तुति गर्दा वढीमा १० मिनेटको मात्र समय हुने रानाले जानकारी दिइन् ।
यस्तै नेपाली मौलिक संस्कृति झल्काउने पाेशाक हुनुपर्ने र एक समूहमा आवद्ध व्यक्ति, अर्को समूहकाे प्रस्तुतिमा आवद्ध हुन नपाउने नियम राखिएको छ ।यस्तै सहभागीहरुले प्रस्तुतिमा कुनै व्यक्ति, धर्म सम्प्रदाय राजनैतिक दल विशेषलाई व्यक्तिगत आक्षेप लगाउने खालको पस्तुति गर्न नपाउने बताइएको छ । प्रतियोगितामा प्रथम पुस्कार रु. १८ हजार , द्धितिय पुरस्कार रु १५ हजार र तृतिय पुरस्कार रु १२ हजार तथा सान्त्वना पुरस्कार रु ७ हजार राखिएको छ ।
























