गुणादीमा ८ हजार पुरस्कारको तीज गीत प्रतियोगिता हुने
बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडकाे आयाेजनामा गुणादीमा तीज गीत प्रतियोगिता हुने भएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि यही भदौ १४ गते खुल्ला तीज गीत प्रतियोगिता हुने सहकारीका अध्यक्ष कमला सिग्देल खनालले बताइन् ।
“स्वदेशमै रमाऊँ, धर्म र सास्कृति बचाऊँ” भन्ने शिर्षकमा हुने तीज गीत प्रतियोगीता संस्थाको प्राङ्गणमा बिहान १० बजेदेखि हुने खनालले जानकारी दिइन् । प्रतियोगिताकाे लागि टिम दर्ता गर्ने समय भदौ १३ गते बिहान १० बजे देखि १४ गते विहान ५.१५ सम्म रहने र फोनवाट पनि टिम दर्ता गर्न सकिने अध्यक्ष खनालले बताइन् ।

प्रतियोगिताकाे लागि दर्ता शुल्क रु ५ सय राखिएको छ । यस्तै समूह संख्या ५ देखि ७ जना सम्म सहभागी हुन पाउने र नृत्य सहित गाउने बताइएको छ । प्रतियोगितामा समय : १० मिनेट राखिएको , ड्रेसमा आउने लाई मान्यता दिईने साथै बाद्यबादन संस्थाबाट नै व्यवस्था गरिने आयाेजकले बताएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु ८ हजार , द्वितिय पुरस्कारः रु ६ हजार , तृत्तिय पुरस्कारः रु ४ हजार तथा सान्त्वना पुरस्कारः रु २ हजार राखिएको छ ।

सम्पर्क फोन न. ०६५४१०५, ९८४६१३४०५५,५८४६०६४३६८
























