भानुमा ३५ हजार पुरस्कारको तीज गीत प्रतियोगिता हुने
तनहुँको भानु– १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघ , महिला उद्यमी विकास समितिको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवशरमा आगामी भाद्र १५ गते शनिबारका दिन भानु–१ भन्सारको ग्रीनपार्कमा प्रतियोगिता हुन लागेको हो ।

खुल्ला तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र प्रमाण–पत्र, द्धितिय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतिय हुने समूहले १५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५ र ५ हजार र प्रमाण–पत्र, त्यसैगरी उत्कृष्ट नृत्यलाई ५ हजार प्रमाण–पत्र र प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई १ र १ हजार प्राप्त गर्ने छन् । गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संरक्षक भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा टिम दर्ता भने निशुल्क रहेको भानु नगर उद्योग वाणिज्य संघका महासचिव कृष्णचन्र्द कोईरालाले बताए । महिलाहरुले नेतृत्व विकास, मौलिक कला, संस्कार , सँस्कृतिको संरक्षण गर्ने उद्धेश्यले प्रतियोगिता आयाेजना गरिएको भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठले बताइन् ।

























