काठमाडौं – पोखरा माइक्रो दुर्घटनामा तनहुँका ३ सहित ६ जना घाइते

काठमाडौं – पोखरा माइक्रो दुर्घटनामा तनहुँका ३ सहित ६ जना घाइते
Oplus_0

काठमाडौंबाट पोखरा आउँदै गरेको इभी माइक्रो बस धादिङको गल्छीस्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

वर्षाका कारण सडक चिप्लो हुँदा गल्छी गाउँपालिका–७ स्थित सिमबजारमा माइक्रो बस दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ।

गण्डकी एफएए ०१२१ नम्बरको माइक्रोबस सडकमै पल्टिँदा माइक्रोमा सवार १५ जनामध्ये ६ जना घाइते भएका थिए।

घाइते हुनेहरूमा माइक्रो चालक तनहुँको घिरिङ गाउँपालिका–२ बस्ने वर्ष ३० को लिल बहादुर राना (दायाँ हात र कुममा चोट, अवस्था सामान्य), नवलपुरको बुङ्दीकालिका गाउँपालिका–२ बस्ने ३६ बर्षीया विमला श्रेष्ठ (दायाँ छातिमा चोट, अवस्था सामान्य), तनहुँको भिमाद नगरपालिका–४ बस्ने ५० बर्षीया नैना परियार (टाउको र दाया हातको कुममा चोट अवस्था मध्यम) रहेका छन्।

यस्तै, डोटी जिल्ला आदर्श गाउँपालिका–१ बस्ने वर्ष ३५ को लोकेश खड्का (बायाँ खुट्टामा चोट, अवस्था सामान्य), लोकेशका छोरा ५ बर्षका शिरामनाथ खड्का (बायाँ गाला र बायाँ आँखामा चोट, अवस्था सामान्य) र तनहुँको व्यास नगरपालिका–१० बस्ने वर्ष ३६ को करण गुरूङ (ढाडमा चोट अवस्था समान्य) रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, घाइतेहरूको गल्छीस्थित स्मारिका मेडिकलमा उपचार भईरहेको छ भने माइक्रो प्रहरी चौकी गल्छीकोे नियन्त्रणमा रहेको डिएसपी मिश्रले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page