२० हजार पुरस्कारको जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी तिव्र

२० हजार पुरस्कारको जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी तिव्र

तनहुँकाे म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लव जामुनेले हरितालिका तीजको अवसरमा आयाेजना गरेको खुल्ला तीज प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ ।
क्लवले हरेक वर्ष झै यस वर्ष पनि भदौ २१ र २२ गते १२औ खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २० हजार २ सय २२- र प्रमाण पत्र,द्दितिय हुनेले रु १३ हजार ३ सय ३३/- र प्रमाण पत्र तथा तृतिय हुनेले रु ७ हजार ७ सय ७७/- र प्रमाण पत्र प्राप्त गर्ने छन् |
प्रतियोगितामा टिम दर्ता शुल्क रु १ हजार रहेको छ |त्यस्तै नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यले नगद रु ७ हजार ७ सय ७७/- र प्रमाण पत्र प्राप्त गर्ने छन् |
राधा मा बि को प्राङगणमा हुने प्रतियोगितामा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू समेत आउने छन् ।
टिम दर्ताको लागी सम्पर्क नम्बर
अध्यक्ष:राजिब श्रेष्ठ ९८१६१२१२९२
सचिव:अमिर श्रेष्ठ ९८०११२९००२

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page