प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ब्यासका पन्थ पक्राउ

प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ब्यासका पन्थ पक्राउ


प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित तनहुँकाे व्यास नगरपालिका वडा नं १ बाट १ युवा पक्राउ परेका छन् । व्यास ३ परासरटोल स्थित प्रतिबन्धित लागु औषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा जाँदा शंकास्पद अवस्थामा रहेका व्यास १ मोहरियाटार बस्ने बर्ष २२ को सबिनय पन्थलाई प्रहरीले पक्राउ गरेको हाे ।

पन्थकाे डेराकोठा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ट्रामाडोल ५० पत्तामा जम्मा ५०० वटा क्याप्सुल फेला परेको र उनलाई नियन्त्रणमा लिइ तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page