आँबुखैरेनी-मुग्लिन सडक खण्ड साेमबार बिहान चार घण्टा बन्द हुने

आँबुखैरेनी-मुग्लिन सडक खण्ड साेमबार बिहान चार घण्टा बन्द हुने


पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडक खण्ड साेमबार बिहान करिब चार घण्टा बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका-४ साँखरमा पहिरो नियन्त्रणको काम भइरहेको र उक्त स्थानको सडक भित्ताका जोखिमपूर्ण ढुङ्गा फाल्ने काम गरिने भएकोले सडक बन्द गरिने सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि आइतबार साँझ एक सूचना जारी गरी भदौ १० गते सोमबार बिहान ६ः३० देखि १०:०० बजेसम्ममा उक्त मार्ग भई चल्ने सवारीसाधनहरु पूर्णरुपमा बन्द हुने जनाएको छ ।

गत शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठामाण्डौं तर्फ जाँदै गरेको भारती नम्बर प्लेट युपी५३एफटी ७६२३ नम्बरको यात्रुबहाक बस मस्याङदी नदीमा खसी दुर्घटना भएको थियो । उक्त बस निकाल्न ठुला उपकरण प्रयाेग गर्नुपर्ने भएकोले सम्पुर्ण यातायात बन्द गरिने प्रशासनले बिज्ञप्ति मार्फत जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page