क्षत्री समाजको तीज गीत प्रतियोगितामा याम्पा प्रथम

क्षत्री समाजको तीज गीत प्रतियोगितामा याम्पा प्रथम

क्षत्री महिला समाज तनहुँले अयोजना गरेको तीज गीत पतियोगितामा क्षत्री समाज नेपाल बन्दिपुर ५ याम्पा प्रथम भएको छ । प्रतियोगितामा क्षत्री समाज नेपाल साँस्कृतिक समूह तनहुँ द्दितिय तथा प्रगतिशील क्षत्री समाज ब्यास १ भादगाउँ तृतीय भएका छन् । यस्तै क्षत्री समाज नेपाल ब्यास २ अमरापुरी र आदर्श क्षत्री समाज शुक्ला गण्डकी ७ सेरा सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम द्धितिय तृतीय तथा सान्त्वना हुने टिमले क्रमशः – १० हजार , ७ हजार , ५ हजार र ३ हजार रूपयाँ पुरस्कार प्राप्त गरेका समाजका जिल्ला सचिव हरि कार्कीले बताए । यस्तै कार्यक्रममा सहभागी सबै टिमलाई प्रोत्साहन स्वरुप एक एक हजार प्रदान गरिएको सचिव कार्कीले जानकारी दिए ।

क्षत्री समाज नेपाल तनहुँ महिला समितिकी अध्यक्ष आशा कार्कीको अध्यक्षता तथा क्षत्री समाज नेपाल महिला समिती अध्यक्ष उर्मिला खड्काको प्रमुख आतिथ्यतामा क्षत्रीहरूको बहुउद्देश्यीय भवनमा उक्त बृहत् कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page