स्याङ्जाको फेदीखाेला र म्याग्दे गाउँपालिका बिच सामाजिक सुरक्षा याेजना सम्बन्धि छलफल

स्याङ्जाको फेदीखाेला र म्याग्दे गाउँपालिका बिच सामाजिक सुरक्षा याेजना सम्बन्धि छलफल


तनहुँको म्याग्दे गाउँपालिका र स्याङ्जाको फेदीखाेला गाउँपालिका विच सामाजिक सुरक्षा काेष कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भएको छ । म्याग्दे गाउँपालिकामा आइतबार आयाेजित कार्यक्रममा फेदीखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले आफ्नाे पालिकाकाे अनुभव सेयरिङ्ग सहित सहजीकरण गरेका थिए । फेदीखाेला गाउँपालिकाले मजदुर संचित काेष कार्यविधि २०७७ पारित गरि कार्यान्वयनमा ल्याएको सुवेदीले जानकारी दिए ।

अनाैपचारिक क्षेत्र सामाजिक सुरक्षा काेष कार्यक्रम २०८० / १० / ६ मा भएको त्रिपक्षीय सम्झौता म्याग्दे गापा / गण्डकी प्रदेश सरकार / सामाजिक सुरक्षा काेष कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । फेदीखाेला गाउँपालिकाले म , मेरो परिवार र मेरो भविष्यकाे लागि भन्दै सामाजिक सुरक्षा काेष अन्तर्गत मजदुर संचित काेष कार्यक्रम लागू गरेकाे सन्दर्भमा उसको अनुभव लिनकाे लागि पनि अन्तरक्रिया कार्यक्रम गरिएको अधिकारीले जानकारी दिए ।

फेदीखाेलाले विपद तथा संकटलाइ सामना गर्नपर्ने अवस्था छ तर दैनिक आयश्राेत राेकिएकाे छ भने , काम गर्न सक्ने उमेर अवस्था छैन र बर्षाैंदेखि गरेको मेहेनतकाे बचत पनि छैन भने , दिनरात नभनी काम गर्नुभएको छ तर रकम अभावले छाेराछाेरिकाे शिक्षा दिक्षामा अफ्ट्यारो भइरहेको छ भने , न्यून आर्थिक स्तरका कारण समाजमा तिरस्कृत तथा तल्लो दर्जाको रूपमा हेरिएको महसुस गरिएको छ भने , स्वास्थ्य समस्या समाधान तथा पारिवारिक विमाका लागि भरपर्दो साथ खाेज्नुभएकाे छ भने मजदुर संचित काेषमा आबद्धता हुनुपर्ने उल्लेख गरेको छ ।

मजदुर संचित काेष जीवनभर अर्काको लागि श्रम गर्ने तर अफ्ट्यारो परेको बेला काेही नहुने मजदुर वर्गकाे लागि अत्यन्तै आवस्यक रहेको फेदीखाेला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश जनता गरिवीकाे रेखामुनि रहेका छन् । यस्तोमा मजदुरको सम्पुर्ण आम्दानि दैनिक घर खर्च तथा भाेगबिलासीमा खर्च भइरहेको छ । मजदुरकाे न्यून बचतका कारण प्राकृतिक प्रकाेप तथा अन्य सामान्य विपद् अवस्थाकाे पनि सामना गर्न असक्षम छन् । साथै शिक्षा , स्वास्थ्य , आवास लगायतका मानवीय तथा सामाजिक बिकासकाे अवस्था न्यून छ । सामाजिक तथा मानवीय बिकासकाे लागि सबल आर्थिक अवस्था पुर्व शर्तकाे रूपमा रहन्छ । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहहरूले यस किसिमको संचित काेष कार्यान्वयनमा ल्याउन सुरु भए अनुसार म्याग्दे गाउँपालिकाले पनि यस्ताे अभ्यास सुरु गरेकाे प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।
अन्तरक्रिया कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , सम्पुर्ण वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू , शाखा प्रमुखहरू लगायतको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page