भगवान श्रीकृष्णको जन्मोत्सवमा दमाैली बजारमा रथ यात्रा

श्रीकृष्ण द्वैपायन जेष्ठ नागरिक सत्संग समिति व्यास ३ शिवपञ्चायन मन्दिरको आयाेजनामा कृष्ण अष्टमी पर्वकाे अवसरमा आज दमाैली बजारमा रथयात्रा निकालिएको छ ।


व्यास क्षेत्र परिषरबाट सुरु भएको रथयात्रा अनशन चाैतारी , सफासडक हुँदै भाेर्लेटारचाेक , गणेशमान चाेक , मालपोत लाइन हुँदै पञ्चमन्दिरमा पुगेर टुंगिएको थियो । कृष्णअष्टमी पर्व दमाैली लगायत तनहुँ सँगै देशभर हर्षोउल्लासका साथ मनाइँदै छ। आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ ।

























