लाेकदाेहाेरी प्रतिष्ठानकाे तीज गीत प्रतियोगितामा व्यास ज्याेति भजन समुह प्रथम

लाेकदाेहाेरी प्रतिष्ठानकाे तीज गीत प्रतियोगितामा व्यास ज्याेति भजन समुह प्रथम

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँको आयाेजनामा भदौ १० गते साेमबार दमाैलीमा भएको खुल्ला तीज गीत प्रतियोगितामा व्यास ज्याेति धर्मजागरण भजन समूह प्रथम भएको छ । यस्तै प्रतियोगितामा पुर्काेट युनेस्को क्लव भानु द्धितिय , सिद्धमिलन महिला सहकारी संस्था तृतीय र बेदकालिका कृषक समूह सान्त्वना भएका छन् ।

पुरस्कृत प्रथम , द्धितीय , तृतीय तथा सान्त्वना हुने टिमले क्रमश २० हजार ८१ , १५ हजार ८१ , १० हजार ८१ र ५ हजार ८१ रूपया तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । कुल २४ टिमको प्रतिष्पर्धा रहेको प्रतियोगितामा उल्लेखनीय उपस्थितिमा रिसिङ आमा समूह , उत्कृष्ट नृत्यमा लालीगुराँस दिदिबहिनी समूह र अनुशासन समुहमा रानीगाउँ शिवमन्दिर टाेल समुह रहेका छन् ।

प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमी एवं हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम आयाेजना गरेको थियो । व्यास-३ अनसन चौतारी, दमौलीमा भएको प्रतियोगिताकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page