बाल याैन दुरुपयोग आराेपमा म्याग्देका एक पुरूष पक्राउ
तनहुँकाे म्याग्देका एक पुरूष बाल याैन दुरुपयोग आराेपमा पक्राउ परेका छन् । बालिकाकाे संवेदनशील अंगहरूमा गलत नियत राखी छामछुम गर्ने लगायतका हर्कतकाे आधार तथा बालिकाको परिवार बाट आएकाे उजुरीको आधारमा उनलाई आज घर बाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका ती पुरूषकाे बारेमा थप अनुसन्धान भए पछि अन्य कुरा थाहा हुने प्रहरी श्राेतले बताएको छ ।

























