भदौ २१ गते थर्पुमा तीज गीत तथा नृत्य प्रतियोगिता हुने
भदौ २१ गते सुक्रवार तनहुँकाे थर्पु बजारमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि तीज गीत प्रतियोगिताकाे आयाेजना गर्न लागिएको हाे ।

थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिद्वारा आयाेजित प्रतिगोगिता थर्पु बजारमा हुने आयाेजकले जानकारी दिएको छ । प्रतियोगितामा गीत तर्फ प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः १२ हजार , ८ हजार , ५ हजार र ३ हजार तथा नृत्य तर्फ प्रथम , द्धित्तीय , तृतीय र सान्त्वना हुने लाई क्रमशः ७ हजार ५ सय , ५ हजार ५ सय , ३ हजार ५ सय र १ हजार रूपयाँ पुरस्कार राखिएको थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष भीमलाल श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागीताकाे लागि टिम दर्ता साेही दिन १२ बजेसम्मलाई राखिएको श्रेष्ठले जानकारी दिए ।

























