म्याग्देकाे तीज गीत प्रतियोगितामा गणेश महिला आमा समुह प्रथम


म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा
गणेश महिला आमा समूह प्रथम भएको छ ।
महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा “म्याग्देको उद्देश्य, वालमैत्री घोषणा” शिर्षकमा बुधबार भएको तीज गीत प्रतियोगितामा भिमसेन टाेल आमा समुह द्धितीय , संगम आमा समुह तृतीय र एकता मगर समाज सान्त्वना भएका छन् । प्रथम , द्धितिय , तृतीय र सान्त्वना हुने टिमले क्रमशः १८ हजार , १५ हजार , १२ हजार र ७ हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बिजय भएका टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा निवर्तमान अध्यक्ष मायादेवी रानाले पुरस्कार प्रदान गरेका थिए ।

म्याग्दे गाउँपालिका वडा.न.३ स्थित म्याग्दे गाउँपालिकाको सभाहल बेलटार ठूलो बगैंचामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , बद्रीका भट्टराई घिमिरे , जानकी थापा , अनु महत श्रेष्ठ लगायतका बक्ताहरूले बाेलेका थिए ।

























