तनहुँमा ६ वटा सवारी साधन ठोक्किँदा ४ जना घाईते

तनहुँमा ६ वटा सवारी साधन ठोक्किँदा ४ जना घाईते

पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा बुधबार दिउँसो बसको ब्रेकफेल हुँदा ६ वटा सवारी साधन ठाेक्किन पुगेको छ ।
तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं १ रिमाल्नीमा ना ५ ख२०३४ नम्बरको बसको ब्रेकफेल हुँदा अन्य ५ वटा सवारी साधनमा समेत ठाेक्किन पुग्दा क्षति पुगेको हो । बसले ठक्कर दिदाँ ग ३ ख १३९० नम्बरको ट्रकमा क्षति पुगेको थियो । त्यसपछि ट्रकले ग ३ च८३९० नम्बरको बलेरोलाई ठक्कर दिन पुगेको थियो । बलेरोले ग १ ख ९५६१ नम्बरको बसलाई ठक्कर दिएको थियो । त्यस्तै बसले ना १ च ८४३४ नम्बरको बलेरो तथा बलेरोले ३७८९ नम्बरको हाइसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा ग ३ च ८३९० नम्बरको बलेरोका चालक २४ बर्षिय नवराज गोले ,बलेरोमा यात्रारता ५९ बर्षिय देवीलाल कंडेल ,४९ बर्षिय विमला कंडेल र ना १ च ८४३४ नम्बरको बलेरोका सहचालका निरतारखि बाबु घाईते भएका छन् ।
घाईतेहरुको डुम्रे स्थित स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।घाईतेहरुको अवस्था खतरा मुक्त रहेको प्रहरीले बताएको छ । प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

फाेटाे सामाजिक सञ्जाल बाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page