कर्मचारीकाे मृत्युुमा म्याग्देमा आइतवार सार्वजनिक बिदा

कर्मचारीकाे मृत्युुमा म्याग्देमा आइतवार सार्वजनिक बिदा


तनहुँको म्याग्दे गाउँपालिका कृषि शाखामा कार्यरत महिला कर्मचारीकाे निधन प्रति आइतबार म्याग्दे गाउँपालिकाले सार्वजनिक (शाेक) बिदा दिएकाे छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार कृषि शाखा चाैंथाे तहमा कार्यरत कर्मचारीकाे निधनमा दुख व्यक्त गर्दै दिवङ्गत आत्माकाे चिर शान्तिकाे कामना सहित गापा अन्तर्गतका अत्यावश्यक बाहेक सबै सेवा बन्द रहने बताइएको छ ।


बारा जिल्ला घर भएकी गाउँपालिकाकाे कृषि शाखामा कार्यरत २३ वर्षीय शर्मिला कुमारी पण्डित आफ्नैँ काेठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । पंडितलाइ म्याग्दे गाउँपालिका-४ घुम्तीमा भाडामा बसेकाे घरकाे आफ्नैं काेठामा झुन्डिएकाे अवस्थामा फेला पारेकेा प्रहरीले बताएको छ । उनको घरका परिवार आएपछि सुक्रवार बिहान उनी बस्ने कोठा खोलिएकाे थियो ।

कृषि शाखा प्रमुखले बिहीबार बिहान फोन गर्दा फोन नउठेपछि उनी बस्ने काेठाकाे झ्यालबाट हेर्दा झुण्डिएको अवस्था देखिएको थियो । ‘फोन गर्दा नउठेपछि घरबेटीले ढोका ढकढकाउँदा नखुलेपछि झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पाेष्टमार्टमकाे लागि दमाैली लगिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page