गुणादीमा भएको तीज गीत प्रतियोगितामा शिवसक्ति आमा समूह बडहरे प्रथम


बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडकाे आयाेजनामा गुणादीमा भएको तीज गीत प्रतियोगितामा शिवसक्ती आमा समुह म्याग्दे २ प्रथम भएको छ । यस्तै प्रतियोगितामा गणेश महिला आमा समूह द्धितिय , सयपत्री आमा समह तृतीय , दमसेरा दिदीबहिनी समूह र नागपधेरी आमा समूह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम , द्धितिय , तृतीय र सान्त्वना हुने टिमले क्रमश रु ८ हजार , रु ६ हजार , रु ४ हजार तथा २ / २ हजार पुरस्कार प्राप्त गरेका छन् ।
स्वदेशमै रमाऊँ, धर्म र संस्कृति बचाऊँ” भन्ने शिर्षकमा सुक्रवार संस्थाको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा १३ टिमकाे सहभागीता रहेको थियो ।
सहकारीका अध्यक्ष कमला सिग्देल खनालकाे अध्यक्ष तामा भएको उक्त कार्यक्रममा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका भट्टराई घिमिरे प्रमुख अतिथि रहेकी थिईन् । प्रमुख अतिथि भट्टराईले प्रतियोगितामा प्रथम , द्धितिय , तृतीय तथा सान्त्वना हुने टिमलाई पुरस्कृत गरेकी थिइन् ।

कार्यक्रममा कार्यपालिका सदस्य चिनीमाया थापा , वडा सदस्य बिष्णु काेइराला ,सहकारीका निवर्तमान अध्यक्ष पवित्रा खनाल घिमिरे , देवा खनाल , संगिता थापा , लगायतका बक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

























