साहित्यकार सागर उदास सम्मानित
साहित्यकार एवम् गीतकार सागर उदास सम्मानित भएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्वतमान अध्यक्ष समेत रहेका उदास १७ औं राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा दमौली स्थित आदिकवि भानुभक्त पुस्ताकालय सल्लाहकार समितिद्धारा सम्मानित भएका हुन् । उदास यस अघि पनि पटकपटक विभिन्न बिधामा सम्मानित भइसकेका छन् । उनलाई जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , क्याम्पस सञ्चालक समितीका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतका सहभागीहरूले सम्मान गरेका थिए ।

























