महिला उद्यमी संघद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान

महिला उद्यमी संघद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान


नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा महिला उद्यमी संघ नेपाल द्वारा दमाैलीमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । महिला दिदि वहिनीहरूले बनाए‌को सामान लाई प्रदर्शन , प्रवर्धन एवम् बजारीकरण गर्ने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गरीएकाे संघले जनाएको छ । दमाैलीकाे एपेक्स महल सिद्धार्थ होटलमा भएको कार्यक्रम व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैकाे प्रमुख आथित्यतामा भएको थियो ।
महिला उद्यमी संघ नेपाल तनहुँ अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ ,
सिद्धार्थ ग्रुप कर्पाेरेशनका अध्यक्ष एल वि काैशल , सुशील न्याैपाने , पुरूषाेत्तम आचार्य , उज्ज्वल भट्टराई , शकुन्तला आले , गीता लम्साल , आशा बानिया , सरस्वती श्रेष्ठ लगायतका बक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लक्ष्मी अधिकारी र सीमा क्षत्रीले स्वागत नृत्य तथा अन्जु दाहाल र मन्जु थापाले माैलिक तीजको गीत प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page