६ / ५ जीयार भूपूहरूकाे तीजको शुभकामना तथा दर खाने कार्यक्रम !

६ / ५ जीयार भूपूहरूकाे तीजको शुभकामना तथा दर खाने कार्यक्रम !


६ बटालियन ५ गाेरखा राइफल्स ( फ्रन्टियर फाेर्स ) भुतपुर्व सैनिक परिवारकाे दिदीबहिनी दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार दमाैलीमा सम्पन्न भएको छ । ६ बटालियन ५ गाेर्खा राइफल्स भुतपुर्व सैनिक परिवारका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि क्याप्टेन खिलबहादुर थापाले शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथि अध्यक्ष क्याप्टेन मल्लको आमा धनकुमारी मल्ल तथा अन्य अतिथिहरूमा श्रीमती फुलमाया थापा , मिनाक्षी गुरूङ , हनेरी क्याप्टेन झकबहादुर गुरूङ , सुवेदार मेजर केशव थापा लगायतका रहेका थिए । सहभागी अतिथिहरूले महिला दिदिबहिनीहरूलाइ तीजको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । साे अवसरमा नाचगान गरेर भूपूहरूले रमाइलो गर्दै खुसी साटासाट गरेका थिए ।


कार्यक्रममा अध्यक्ष क्याप्टेन तारालाल मल्लले समय समयमा भूपू हरूबिच हुने भेटघाट तथा अन्य कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गर्दै भूपूहरू एउटै परिवार भएको बताएका थिए । हिजोको दिनमा पल्टनमा गरेको दुखलाइ भुलेर सुखकाे अनुभुती गर्नुपर्ने भन्दै मल्लले सबैलाई सामाजिक क्षेत्रमा लाग्न आग्रह गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page