दुर्घटना भएको जिपमा ३० ग्यालिन लाेकल रक्सी !
तनहुँकाे झापुटार नजिकै दुर्घटना भएको सवारी साधनमा ३० ग्यालिन लाेकल रक्सी ल्याएको भेटिएको छ । ऋषिङबाट दमौली आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिपबाट ल्याइएको घरेलु मदिरा दुर्घटनास्थल ऋषिङ गाउँपालिका–१ ठाँटीमा प्रहरीले आइतबार बरामद गरेको हो । ती रक्सी दमाैलीका हाेटलमा बेच्नका लागि ल्याइएको बताइएको छ ।

३० वटा ग्यालिनमा राखिएको चार सय लिटर घरेलु मदिरा बरामद गरिएको बताइएको छ ।

घरेलु मदिरा ल्याउने सवारी धनी पदम रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाडी दुर्घटना भएपछि मदिरालाई दुर्घटना स्थल नजिककै जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।
























