भागबन्डा मिलाउन मन्त्रालय फुटाएर ९ पुर्याएपछी काङ्ग्रेस सभापति खनालकाे कडा विरोध

भागबन्डा मिलाउन मन्त्रालय फुटाएर ९ पुर्याएपछी काङ्ग्रेस सभापति खनालकाे कडा विरोध


नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सभापति एवम् लाेकप्रिय युवा नेता चुडामणि खनालले भागबन्डा मिलाउन मन्त्रालय फुटाउनु गलत भएको बताएका छन् । आइतबार गण्डकी प्रदेश सरकारले काङ्ग्रेस एमालेलाई मन्त्रालयकाे भाग पुर्याउन मन्त्रालय फुटाइ ७ बाट ९ पुर्याएपछि नेता खनालले सामाजिक सञ्जाल मार्फत त्यसको कडा शब्दमा असन्तुष्टि व्यक्त गरेका हुन् । क्षेत्रीय सभापति खनालले लेखेका छन् –
सरकारमा कुन पाटि छ गल्ति मेरो पाटिले गरेको छ या अर्को पाटिले त्यो हेरेर बिरोध आज सम्म गरिन र भोलि पनि गर्दिन त्यसैले जसले गरेको भएपनि गल्ति गल्तिनै हो ।
देशको अर्थतन्त्र कमजोर भएको देशमा अम्दानिले चालु खर्च पनि धान्न नसकेर ऋण अनुदान माग्नु पर्ने बेला तथा फजुल खर्च रोक्नु पर्ने बेलामा दललाइ भाग पुर्याउनको लागि भनेर मन्त्रालयको संख्या घटाउनु पर्ने ठाउमा बढाएर आर्थिक भार बढाउनु नितान्त गलत हो , खनालले लेखेका छन् । यस्तै उनलेे यो राष्ट्र तिमिहरुको पैत्रिक सम्पति होइन भागबाँडेर खानलाई तिमिहरुको यस्तै नालाएक कार्यले बिश्वको उत्कृष्ट संघीयता नै सबै भन्दा खराब सिद्ध गराउदै छौ नेतृत्व को कमजोरिको भर संघीय लोकतान्त्रिक गणतन्त्र ले भोग्नु परेको छ त्यसैले व्यबस्था परिबर्तन होइन नेतृत्व परिबर्तन गरौ । धन्यवाद । जयनेपाल उनलेे लेखेका छन् ।

आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको थियो ।

यो सँगै गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या ७ बाट बढेर ९ पुगेको छ । काङ्ग्रेस र एमालेबीचमा ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि हाल कायम मन्त्रालय फुटाइएको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् ।

लामो समयदेखि एमालेले ७ वटा मन्त्रालय मात्र कायम गरेर केन्द्रको समीकरण अनुसारको सरकार गठन गर्न आग्रह गरेपनि मुख्यमन्त्री पाण्डेले प्रस्ताव अस्वीकार गर्दै आएका थिए । अब मन्त्रिपरिषद्मा एमालेबाट ४ जना मन्त्री समावेश गरिनेछ ।

एमाले र काङ्ग्रेसकाबीचमा मन्त्रालयको बाँडफाँड भने भइसकेको छैन । एक दुई दिनमा मन्त्रालयको बाँडफाँड सहित एमाले सरकारमा सहभागी बन्ने मुख्यमन्त्री पाण्डेको भनाई छ  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page