ढुंगानाले गरे गाैसंरक्षण केन्द्र र उज्यालो घरलाई सहयोग
तनहुँकाे व्यास नगरपालिका वडा नं ४ निवासी समाजसेवी भाग्यशाली ढुंगानाले कुशे औसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा गौसंरक्षण केन्द्र तथा उज्यालो घरमा रहेका अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।

ढुंगानाले स्व. बुवा टिकानिधि र स्व. माता वल्लवी माया ढुंगानाको संझनामा सामाजिक तथा शैक्षिक उत्तरदायित्व अन्तरगत व्यास नगरपालिका वडा नं १० मा सञ्चालीत उज्यालो घरका बालबालिकालाई नगद सहित चक्लेट तथा व्यास १० कै दुम्सीमा रहेको गौ संरक्षण केन्द्रलाई नुन ,चोकर र नगद सहयोग गरेका हुन् । साे अवसरमा गौ संरक्षण केन्द्रका उपाध्यक्ष प्रजापति सापकोटाले सहयोगी भाग्यशाली ढुंगानालाई धन्यवाद दिंदै समाजका मनकारी व्यक्तिहरुको दान बाट नै दुध दिने गाई , बहर तथा बाच्या बाच्छि गरी झण्डै एक सय बढिको संख्यामा रहेका गौ माताहरुलाई संरक्षण गर्न सकिएको बताए ।

यस्तै उज्यालो घरका अध्यक्ष सागर घिमिरेले अनाथ बालबालिकाको लागि ढुंगानाको सानो सहयोग पनि ठूलो भएको बताए । उनले भने ‘सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेको खण्डमा अनाथ बालबालिकाको भविश्य पनि उज्यालो हुने छ ‘ ।
























