ऋषिङ्ग सन्यासीटार खानेपानीको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ द्वारा उद्घाटन

ऋषिङ्ग सन्यासीटार खानेपानीको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ द्वारा उद्घाटन

तनहुँको ऋषिङ – ६ मा रहेको सन्यासीटार खानेपानी आयोजनाको ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् । आयाेजनाकाे उद्घाटन गर्दै गापा अध्यक्ष श्रेष्ठले पानी जीवन भएकाले स्वच्छ पानी पिउन पाउनु जनताको अधिकार भएकाे भन्दै पालिकाले एक घर एक धारा अभियान सुरु गरेको बताए ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनु माया थापा , प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट, वाड नं ६ का वडा अध्यक्ष लगायत वडा सदस्यहरु कर्मचारी र उपभोक्ता तथा स्थानियहरुको उपस्थीति रहेको थियो ।


१४ लाख रुपैया लागतमा निर्माण सम्पन्न उक्त आयोजनाबाट ३१ वटा धाराहरु जडान गरिएको बताइएको छ। उक्त खानेपानी आयाेजना सञ्चालनका लागि ३ वटा ट्याङ्की निर्माण गरि पानी घरघरमा वितरण गरिएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page