बहुउद्देश्यीय भवन बनाउन भन्दै वर्षाैं देखि सटर खाली गर्दा व्यासलाइ करोडाैँ घाटा

बहुउद्देश्यीय भवन बनाउन भन्दै वर्षाैं देखि सटर खाली गर्दा व्यासलाइ करोडाैँ घाटा


व्यास नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने भन्दै दमाैलीकाे मुख्य चाेकका सटर खाली बनाउँदा कराेडाैं घाटा ब्यहाेरेकाे छ । मुख्य चाेक र सफासडकका १४ वटा सटरमा बसेका व्यापारीलाई बहुउद्देश्यीय भवन बनाउन खाली गर्न भन्दै लखेट्दा उल्टै नगरपालिकालाई नैं करोडाैँ घाटा भएको हाे ।

सफासडकका एक व्यापारी भन्छन् – कसको डिजाइन र इसारामा नगरबासीकाे चाहना नहुँदा नहुँदै पनि बहुउद्देश्यीय भवनको ढाेल पिटियाे र हामी व्यवसाय गरिरहेका मान्छेलाई लखेट्ने काम भयो त्यसले हामीलाई त घरको न घाटकाे बनायो तर त्यही नगरपालिकालाई पनि करोडौं घाटा लाग्न पुग्याे ।

बहुउद्देश्यीय भवन नबनेको खण्डमा तपाईंहरूनै बस्न पाउनुहुन्छ अहिले खाली गर्दिनुस भनेर नगर प्रमुखले भनेपछि हामी ७ जनाले सुरुमै इमानदारीपूर्वक सटर छाेड्याैँ , तर नयाँ भवनकाे चाैतर्फी बिराेध भए पछि भवन बनाउने काम सुरु नैं भएन । यस्तो बेलामा पहिला बसेका पुराना व्यवसायीलेनैं सटर पाउनुपर्नेमा गत साउन ३२ गते टेण्डर खाेलियाे । भवन नवनेकाे खण्डमा हामीले नैं पाउनुपर्छ भनेर नगर प्रमुखले त्यही बेला ताेक लगाएको कागज देखाउँदा पनि अहिले आनाकानी भएको उनिहरूले बताएका छन् । हामीलाइ त पुरानो सहमति अनुसार दिएनन् – उल्टै अहिलेसम्म बन्द रहँदाकाे सटर भाडा मात्रै हाेईन जरिवाना र सरसफाइ सुल्क समेत लिए ती व्यापारीले भने । खासगरी रामनारायण श्रेष्ठ , राजकुमार श्रेष्ठ फणीन्द्र घिमिरे , बिष्णु वाग्ले र तेजबहादुर रानाभाटले पुन पाउने सर्तमा सटर खाली गरेको बताएका छन् । एक व्यापारीका अनुसार आफुहरूकाे सम्झौता २०८० असार मसान्तमा सकिएपछि सम्झौता थप्न र भाडा लिन भनेर तिर्न जाँदा पनि नगरपालिकाले त्यो बेला पैसा नलिई फर्काएको तर पछि ढाड सेक्ने काम गरेको बताए ।

नगर प्रमुख केही लचिलो हुन खाेज्दाखाेज्दै प्रमुख प्रशासकिय अधिकृतले पेल्ने काम गरेकोले हामी झन मर्कामा परेको अर्का एक व्यवसायीले बताए । नगरपालिकाले पैसा तिर्न सक्ने जति बाट पैसा लिएपछि अन्य तिर्न नसक्ने बाँकी सटरहरूमा पुन भदौ १६ गते टेण्डर खाेलेकाे छ ।
सुरुमा २०७८ कात्तिक देखि नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने हाे सटर खाली गराइदिनुस भन्न थालेको व्यवसायीले बताएका छन् । नगरपालिका बाट पटकपटक चिठी आउँदा दाेकानकाे सामान राख्न समेत नसकिएको उनिहरूकाे गुनासो छ । पछि खाली गर्न नमान्नेहरूकाे २०८० / ९ / २३ गते नगरपालिकाले नैं सटर बन्द गर्न थालेको बताइएको छ । भएको सामान ( कपडा) भित्र थुनेर सटर लगाइदिएपछि हामी घर न घाटकाे भयौं , परिवार पाल्न धाै भयो , व्यवसायीलाई बिचल्ली पारियो अर्का एक व्यापारीले भने । व्यापार गर्न नपाएपछि कहाँबाट पैसा ल्याएर तिर्ने ? नगरपालिकाले आफै सटरमा चावि लाउने अनि ल पैसा ले भन्न सुहाउँछ ? ती व्यापारीले आक्राेसित हुँदै भने । त्यही नसकेर फेरि सटर भाडामा लिन नगएको ती व्यापारीकाे भनाइ छ । यता भाडामा लागिरहेको सटर नगरपालिकाकाे आफ्नै बुद्धिले गर्दा झण्डै डेढ बर्ष खाली हुन पुग्दा नगरपालिकालाई करोड घाटा लागेको छ । २०७९ मंसिर देखि नगरपालिकाले लखेटेर बिचल्ली भएका सटर नं इ ८ का व्यवसायीले मात्रै अहिलेसम्मकाे भाडा लगातार तिर्दै आएकाे भए ८ लाख ४८ हजार हुन्थ्यो , त्यही हिसाबले अन्य ६ जना व्यवसायीकाे हिसाब जाेड्दापनि आधा करोड बढी पुग्छ , नगरपालिकाकाे अपरिपक्व निर्णयले आफैलाइ यति धेरै नाेक्सानी व्यहोर्नुपरेको छ भने साथै व्यवसायीकाे पनि विचल्लि भएको छ । सटर लाइन सँगै दाेस्राे तलामा भाडामा बसेका अन्य व्यवसायीलाई पनि नगरपालिकाले हटाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page