व्यास नगर स्तरीय तीज गीत प्रतियोगितामा वडा नं १ काे दिपज्याेती आमा समूह प्रथम

व्यास नगर स्तरीय तीज गीत प्रतियोगितामा वडा नं १ काे दिपज्याेती आमा समूह प्रथम


व्यास नगर स्तरीय खुल्ला तीज गीत प्रतियोगितामा व्यास नपा वडा नं १ का दिप ज्याेती आमा समूह
प्रथम भएकाे छ । सुक्रवार दमाैलीमा भएको प्रतियोगितामा सहभागी १४ टिमलाई पछि पार्दै दिपज्याेती आमा समूह प्रथम भएको हाे । यस्तै प्रतियोगितामा वडा नं १३ काे पाेखरी भञ्ज्याङ आमा समूह द्धितीय , वडा नं १० काे दुम्सी नमुना ग्राम समूह तृतीय भएका छन् । यस्तै प्रतियोगितामा वडा नं ६ का मिलन आमा समूह र वडा नं १४ का साना किसान आमा समूह सान्त्वना भएका छन् ।


प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय तथा सान्त्वना हुने दुईवटा टिमले क्रमश ३५ हजार , २५ हजार , २० हजार र १०/१० हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । बिजय हुने टिमलाई गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ , पुर्व मन्त्री डाेवाटे विक , जिल्ला समन्वय प्रमुख शान्ति रमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्याैपाने , उपप्रमुख इन्दिरा दरै लगायतले पुरस्कार वितरण गरेका थिए । व्यास नगरपालिकाकाे आयाेजनामा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page