प्लास्टिकको झाेला प्रतिबन्ध गरेको व्यास नपाकै कार्यक्रम स्थलमा प्लास्टिककाे झाेला प्रयाेग

प्लास्टिकको झाेला प्रतिबन्ध गरेको व्यास नपाकै कार्यक्रम स्थलमा प्लास्टिककाे झाेला प्रयाेग

व्यास नगरपालिकाले नगर क्षेत्रमा प्लाष्टिकका झाेला प्रतिबन्ध गरेको भनिएपनी सुक्रवार नगरपालिकाले आयाेजना गरेको तीज गीत प्रतियोगिता परिसरमै खुलमखुल्ला प्लास्टिककाे झाेलामा सामान बेचेको पाइएको छ ।

नगरपालिकाकै जनप्रतिनिधि , कर्मचारी बसेकाे स्टेजकै अगाडि भुइँकटहर तथा बारा बेच्ने व्यापारीहरूले निर्धक्क सँग प्लास्टिकका झाेला प्रयोग गरिरहेकाे देख्न सकिन्थ्यो । अझै राेचक कुरात केछ भने अघिल्लो दिनमा प्लास्टिकको झाेला खाेज र खाेस अभियानमा हिँडेका जनप्रतिनिधि तथा कर्मचारीले नै प्लास्टिकको झाेलामा घर लाने भन्दै खानेकुरा पाेकाे पारिरहेका देखिन्थ्यो ।

नगरपालिकाले बुधबार मात्रै प्लास्टिक जन्य सामाग्री हटाउन ” खोज र खोस ” अभियान समेत सञ्चालन गरेको थियो । उक्त अभियानमा नगर प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्दिरा दरै सहित जनप्रतिनिधि , कर्मचारी र टोल विकास संस्थाको टोलीले बुधबार बजार क्षेत्रमा सर्वसाधारणहरलाई जानकारी गराएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page