थर्पुमा भएको तीज गीत प्रतियोगितामा बेदकालिका आमा समूह प्रथम
तनहुँकाे थर्पु बजारमा भएको खुल्ला तीज गीत प्रतियोगितामा बेदकालिका आमा समूह प्रथम भएको छ । सहभागी ११ टिमलाई पछि पार्दै बेदकालिका आमा समूह प्रथम भएको हाे । प्रतियोगितामा मीन मावि बिद्यार्थी समूह द्धितीय , बिजुली समाज आमा समूह तृतीय र प्रगति आमा समूह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने समुहले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र ३
हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगिताकाे नृत्य तर्फ प्रथम दिपिका परियार द्धितीय कुसुम श्रीमल , तृतिय सलिना श्रेस्ठ र सान्त्वना मानबि साहि तथा प्रीया सिमल थापा भएका छन् । प्रतियोगितामा नृत्य तर्फ प्रथम, द्वित्तीय, तृतीय र
सान्त्वना हुने ले क्रमशः ७ हजार ५ सय, ५ हजार
५ सय, ३ हजार ५ सय र १ हजार रूपयाँ पुरस्कार प्राप्त गरेका छन् । बिजयी समुहलाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका भट्टराई घिमिरेले पुरस्कार प्रदान गरेकी थिइन् । थर्पु बजार खानेपानी उपभोक्ता तथा
सरसफाइ समितिकाे आयाेजनामा भएको कार्यक्रमकाे अध्यक्षता भीमलाल श्रेष्ठले गरेका थिए ।

























