गोर्खाको पालुङटार ७ मा भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम
गाेर्खाकाे पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समुह प्रथम भएको छ । वडास्तरीय महिला सञ्जालको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी ९ टिमलाई पछि पार्दै सिर्जना महिला समुह प्रथम भएको हाे । यस्तै प्रतियोगितामा सक्रिय महिला समूह द्धितीय , नवज्योति महिला समूह तृतीय , नवज्योति माध्यमिक बिद्यालय र नवजागृति महिला समूह सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने टिमले क्रमश १० हजार , ७ हजार , ५ हजार र ३ हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाली मौलिक संस्कृति संरक्षणमा हरितालिका तीजको महत्व विषयक तीज गीत प्रतियोगिता वडा नम्बर ७ का वडा महिला सञ्जाल अध्यक्ष उषा पाण्डेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन , पालुङटार ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल , कार्यपालिका सदस्य पम्फा विक , महिला सञ्जालकी सचिव सुशिला श्रेष्ठ , संजालकी सदस्य कोपिला सुनार लगायतको उपस्थिति रहेको थियो ।

























