ढोरफिर्दीमा भएको तीज गीत प्रतियोगिता गणेश टाेल बिकास संस्था प्रथम
शुक्लागण्डकी नगरपालिका-८ मा भएको टाेलस्तरीय रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत सम्पन्न तीजगीत प्रतियोगितामा गणेश टाेल विकास संस्था प्रथम भएको छ । यस्तै प्रतियोगितामा मिलन टाेल विकास संस्था द्धितीय , शुक्ला टाेल विकास संस्था तृतीय र ढाेरफिर्दी टाेल विकास संस्था तथा उत्तम टाेल विकास संस्था सान्त्वना भएका छन् ।
हरितालिका तिजको अवसरमा महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्लागण्डकी ८ नं वडा कार्यालयले तिज गित एवम् बिबिध प्रतियोगिता सहितको दोस्रो तीज कप सन्चालन गरेकाे थियो । भाद्र २० र २१ गते भएको प्रतियोगितामा तीज गित सहित म्युजिकल चियर प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, चम्चा गुच्चा दौड प्रतियोगिता र सियो धागो उन्ने प्रतियोगिता समेत भएको वडाध्यक्ष नारायण सिहं थापाले बताए ।

फाेटाे शुक्ला न्युज

























