लाखे प्रतियोगिता मा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम
गोरखा स्थित च्याङ्लीमा नेवाः देय् दवू द्वारा आयोजित ‘पाँचौ खुल्ला लाखेनाँच प्रतियोगितामा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम भएको छ ।
सहभागी १५ टिमलाई पछि पार्दै डुम्रे प्रथम भएको हाे । प्रतियोगितामा लिगलिग आँपपिपल नेवाः खल दोस्रो , च्याङ्ली गोरखा काडमाण्डौ सम्पर्क मञ्च तेस्रो तथा नेवारे नेवाः गुठी सिराञ्चोकले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम भएको झिगु नेवाः पुच बौचा मौचा डुम्रे ले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने लिगलिग आँपपिपल नेवाः खल ले २० हजार नगदसहित प्रमाणपत्र , तेस्रो स्थान पाउने च्याङ्ली गोरखा काडमाण्डौ सम्पर्क मञ्च लाई १० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । सान्त्वना स्थान ल्याउने नेवारे नेवाः गुठी सिराञ्चोक लाई ५ हजार रुपैयाँका साथै सहभागी टीमलाई १ हजारका दरले पुरस्कार प्रदान गरिनुको साथै उत्कृट झ्यालिचा चिनिया खर्च धुवाकोटनेवाः खल ले प्रप्त गरेकोे आयाेजकले जानकारी दिएको छ ।

























