म्याग्देमा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा शैक्षिक बहस एवम् अन्तरक्रिया

म्याग्देमा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा शैक्षिक बहस एवम् अन्तरक्रिया


तनहुँकाे म्याग्देमा ५८ औ अन्तराष्ट्रिय साक्षरता दिवसकाे अवसरमा शैक्षिक बहस, अन्तरक्रिया एवं बिद्यालयगत असल अभ्यास आदानप्रदान कार्यक्रम गरिएको छ ।
साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रमकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , नेता हुत्तमणी अधिकारी , बिद्यालय व्यवस्थापन समिति केन्द्रीय उपाध्यक्ष पवित्रा घिमिरे , गाउँपालिका शिक्षा शाखाका प्रमुख विष्णु केसी , शिक्षा शाखाका महेश भट्टराई लगायतका बक्ताहरूले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयमा भए गरेका असल अभ्यास आदानप्रदान गर्नुका साथै वर्तमान शैक्षिक समस्या र चुनाैतीकाे बारेमा अन्तरक्रिया गरिएको थियोे । उक्त अवसरमा कार्यपालिका सदस्य, गाउँ शिक्षा समितीका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष , सामाजिक विकास समितिका पदाधिकारी, विभिन्न राजनैतिक दलका म्याग्दे गापा अधयक्ष/ सभापति लगायतकाे उपस्थिती रहेको शिक्षा शाखाका महेश भट्टराईले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page