राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण
राष्ट्रिय दलित पत्रकार संघ तनहुँको दमौलीमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा पुर्ण बिकेलाई सर्वसम्वत चयन गरेको छ । यस्तै संघको उपाध्यक्षमा अशोक बिश्वकर्मा,सचिवमा शर्मिला बिक,सहसचिव सुरेश सेन्चुरी र कोषाध्यक्षमा अन्जान परियारलाई चयन गरेको छ ।
त्यसैगरी,सदस्यहरुमा देव गजमेर,अमृत परियार,ऋतिका सुनार र सपना सेन्चुरीलाई चयन गरेको छ । त्यसैगरि अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा एस.बि नेपाली र गण्डकी प्रदेशमा शालिकराम सुनार चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथी व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै
सामाजिक,राजनीतिक,आर्थिक र जातिय आधारमा पछि परेका वर्गलाई अघि बढाउन स्थानीय पालिकाले सकारात्मक साेच लिएर अघि बढ्नुपर्ने बताए ।
सबै धर्म,सम्प्रादय,जातिय आधारमा समावेशिता गराउनु लोकतन्त्रको मूख्य आधार हो,भन्दै न्याैपानेले सामाजिक गतिविधीमा पछि परेका समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने कुरामा जाेड दिए ।
व्यास नगरपालिकामा जातिय बिभेद अन्त्यका लागि आफ्नै नेतृत्वमा अग्रणी भूमिका खेल्दै आएको नगरप्रमुख न्यौपानेकाे भनाइ थियो ।

कार्यक्रममा भानु नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा गोतामेले संघले जातिय विभेदका घट्नालाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइनुपर्ने बताइन् ।

कार्यक्रममा व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे , नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष उज्वल पौडेल,व्यास नगर कार्यपालिका सदस्य रनसिं नेपाली,चन्द्रमाया परियार,तनहुँ सुनचादी व्यवसायी संघका अध्यक्ष हरि गहतराज,राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष श्याम बिक,दलित नेता कृष्ण रुचाल लगायतका वक्ताहरुले जातिय विभेदका घट्नालाई उजागर गरिनुपर्नेमा जोड दिएका थिए ।
























