फ्रेण्डसीप क्लवले यही २९ गते गुणादीमा रक्तदान कार्यक्रम गर्ने
फ्रेण्डसीप युवा क्लव म्याग्दे-१ गुणादीले यहि भदौ २९ गते शनिबार रक्तदान कार्यक्रम आयाेजना गर्ने भएको छ ।

‘रक्तदान जीवनदान,रक्तदान महादान’भन्ने मुल नारालाई आत्मसाथ गर्दै क्लवले सनिवार बिहान ७ बजे रक्तदान कार्यक्रम आयाेजना गरेको क्लवका निवर्तमान अध्यक्ष दुर्गाराज रानाले बताए । रक्तदान कार्यक्रममा भाग लिन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी हरुलाई क्लवले आव्हान गरेकाे छ ।

























