२५ गतेदेखि ३० गतेसम्म दमाैलीमा दिनभरी विधुत आपुर्ति वन्द हुने
यही भदौ २५ गतेदेखि ३० गतेसम्म दमाैली र आसपास बिहान १० बजेदेखि ५ बजेसम्म बिद्धुत आपुर्ति बन्द हुने भएको छ ।

मुग्लिङ पाेखरा पृथ्वि राजमार्ग सडक विस्तार काे क्रममा दमाैली वजार सडक किनारमा पाेल गाड्ने कार्य भैरहेकाे र उक्त पाेलमा नयाँ लाईन विस्तार गरी पुरानाे संरचनाहरू हटाउने कार्यकाे लागि यही २५ गते देखि ३० गते सम्म दमाैली फिडरवाट विधुत आपुर्ति हुने व्यास नगरपालिका का वडा न १,२,३,४ वडाहरूमा (दमाैली वजारमा) आवश्यकता अनुसार विहान १० वजे देखि साँझ ५ वजेकाे अवधिमा विधुत आपुर्ति वन्द रहने नेपाल बिद्धुत प्राधिकरण तनहुँले जानकारी गराएकाे छ ।
प्राधिकरणले समयमै कार्य सम्पन्न भएमा वा माैषममा प्रतिकुलता भएमा वा बन्द गर्नु नपर्ने अवस्थामा साे अवधिमा विधुत सेवा सञ्चालन भै रहन सक्ने समेत बताएको छ ।

























