व्यास ३ का १५ वर्षीय बालक मादीनदिले बगाउँदा बेपत्ता

व्यास ३ का १५ वर्षीय बालक मादीनदिले बगाउँदा बेपत्ता
Oplus_0


तनहुँकाे व्यास नगरपालिका वडा नं ३ का एक बालक मादी नदि बाट बेपत्ता भएका छन् । साेमबार बिहान स्कुल जान ड्रेसमा निस्केका उनी साँझसम्म पनि घरमा नआएपछि साेधखाेज भएको थियो । व्यास ४ मा रहेको कन्काइ ग्लाेवल एकेडेमीमा कक्षा १० मा पढ्ने १५ वर्षीय बालककाे बारेमा शिक्षकहरू सँग बुझ्दा स्कुलमा नगएकाे थाहा पाएपछि उनको खाेजी भएको हाे ।


व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य दधिराज घिमिरेका अनुसार मादी नदि बाट बेपत्ता भएका बालक सँग फरक स्कुलमा पढ्ने अन्य दुईजना पनि सँगै थिए । ती दुईजनालाई प्रहरीले साेधपुछ गरिरहेको बताइएको छ ।
यता प्रहरी सँग सम्पर्क गर्दा घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकोले थप अहिले भन्न नसकिने बताएको छ । मादी नदिकाे व्यास झुला नजिकै पाैडी खेल्ने क्रममा उनलाई बगाएको बताइएको छ । पछि उनलाई मादीले बगाउँदै लाँदा सेतीमादी दाेभान नजिकै बगिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

बगिरहेका उनको तत्कालै उद्धारका लागि प्रयास भए पनि केही उपाय नलागेको एक प्रतक्ष्यदर्शीले बताए ।
अहिले उनको खाेजी कार्य भइरहेको र अहिलेसम्म कतै नभेटिएकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page