भिमादकाे मिछुर्लुङमा बालबालिकालाई बाल अधिकार सम्बन्धी अभिमुखीकरण

तनहुँकाे भिमाद ५ मिछुर्लुङमा बालबालिकालाई बाल अधिकार सम्बन्धी दुई दिवसयीय अभिमुखीकरण दिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा जिल्लाका बालबालिका अधिकार समिति र बाल सञ्जालका पदाधिकारीलाई बालअधिकार, बालहक, बालबालिका सम्बन्धी नीति र क्षेत्रका बारेमा सोमबार र मंगलबार मिछुर्लुङ सभाहलमा अभिमुखीकरण दिइएको हो ।

बालअधिकार समिति तनहुँकी अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमरण वाग्लेले कार्यक्रमको उद्घघाटन गर्दै बालबालिकाको हक अधिकार सुनिश्चित बनाउन बालअधिकारकर्मी क्रियाशिल हुनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलेले संविधानमा लिपिबद्व बालअधिकारलाई कार्यन्वयनमा जोड दिएका थिए । बालअधिकार क्षेत्रमा क्रियाशिल हरिसिं गुरूङले बालअधिकार सम्बन्धी प्रशिक्षण दिएकाे कार्यक्रमकाे भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले समापन गरेकी थिइन् । कार्यक्रमको समापन गर्दै उपप्रमुख गोतामेले बालबालिका अधिकार र भविष्यका बारेमा ध्यान दिन जुरूरी रहेको बताइन् ।
सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसचिव एवम भिमाद शिक्षा शाखाका प्रमुख सन्दिप पौडेल, भिमाद नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष पदमबहादुर थापा, बालअधिकार समिति तनहुँकी सदस्य कल्पना पोखरेल लगायतले बाल अधिकारका क्षेत्रमा आवाज उठाएका थिए भने सामाजिक विकास कार्यालयका अधिकृत कृष्ण न्यौपानेले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।
























