नेकपा एमाले तनहुँकाे अधिवेशन बैशाख ७ र ८ गते हुने:

नेकपा एमाले जिल्ला कमिटी तनहुँको अधिवेशन २०८१ बैशाख ७ र ८ गते हुने भएको छ । पार्टीको सोमबार बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।


त्यसैगरी बैठकले जिल्ला कमिटी सदस्य थप गर्ने निर्णय गरेको छ । गत साउन ५ गते तत्कालीन नेकपा एस तनहुँ का अध्यक्ष श्रीराम कार्किको नेतृत्वमा आएका अन्यलाई विभिन्न कमिटीमा जिम्मा दिइएको छ । जिम्मेवारी दिन बाँकी रहेका घिरिङ्गका हरि कार्की , बन्दीपुरका भरत केसी र घिरिङ्गका दिपक खातीलाई नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरूमा शिव ॐ मल्ल आँवु , बिष्णु माया ढकाल तथा नारायण कुमार श्रेष्ठ र बावुराम कार्की शुक्ला र सोमनाथ लम्साल भिमाद रहेका छ्न ।





























