नेपाल आदिवासी जनजाति महासंघ म्याग्देकाे अध्यक्षमा प्रेम र सचिवमा जानकी !

नेपाल आदिवासी जनजाति महासंघ म्याग्दे गाउँपालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा प्रेमबहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । यस्तै समितिकाे उपाध्यक्षमा आशादेवि गुरूङ , सचिवमा जानकी थापा , सहसचिवमा पानु श्रेष्ठ र काेशाध्यक्षमा बालकृष्ण श्रेष्ठ चयन भएका छन् ।

समितिकाे सदस्यहरूमा रूकमेणि कुमाल , कृष्णकुमारी गुरूङ , बिष्णुमाया घर्ती , बिरबहादुर थापा र खुमबहादुर राई चयन भएकाे नवनिर्वाचित सचिव जानकी थापाले बताइन् ।

यस अगाडि कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गर्दै आदिवासी जनजातिहरू आफ्नाे हक अधिकारकाे लागि एक हुनुपर्ने बताएका थिए । पालिका स्तरमै संगठित भएर अगाडि बढ्दा जनजाति महासंघ बलियो हुँदै जाने श्रेष्ठको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमितिका उपाध्यक्ष तिर्थ दरैकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे ७ का अध्यक्ष बसन्त श्रेष्ठ , ४ का निवर्तमान वडा अध्यक्ष प्रेमबहादुर थापा , नेपाल मगर संघ केन्द्रीय सहमहामन्त्री जितराज राना , जनजाति महासंघका नेताहरू मनिराज थापा , नरसिंह राना , क्याप्टेन तारालाल मल्ल , आशादेवि गुरूङ , जानकी थापा लगायतका बक्ताहरूले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page